काठमाडौं । सरकारले कोरोनाको निःशुल्क परीक्षण र उपचार गर्नुपर्ने वर्ग र समूह निर्धारण गरेको छ । अब सरकारले निर्धारण गरेको सात वर्गभित्रै पर्ने नागरिकले मात्रै निःशुल्क परीक्षण र उपचार पाउनेछन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रले विभिन्न सात वर्गका व्यक्तिका लागि कोरोना परीक्षण र जाँच निःशुल्क गर्ने व्यवस्था गरेको हो…