काठमाडौं । नबिल बैंकले आफ्ना ग्राहकका लागि विशेष योजना सार्वजनिक गरेको छ । बैंकले कोविड १९ महामारीको विषम परिस्थितीमा मुद्दती खातामा रकम जम्मा गरी उच्चतम ब्याजदरको लाभ लिन सकिने गरी चाडपर्व योजना सार्वजनिक गरेको हो । बैंकले उक्त योजनाअन्तर्गत १३ देखि २४ महिनासम्मको व्यक्तिगत मुद्दती खातामा ग्राहकहरुलाई बार्षिक ९ प्रतिशत ब्याजदर प्रदान गरिने जनाएको छ…