Logo

महासंघको चुनावी गाँठो फुकाउन शुक्रबार पदाधिकारी बैंठक बस्दै, चुनावको मोडालिटी र मिति प्रस्ताव गरिने

महासंघको चुनावी गाँठो फुकाउन शुक्रबार पदाधिकारी बैंठक बस्दै, चुनावको मोडालिटी र मिति प्रस्ताव गरिने



काठमाडौं । लामो समयदेखि अन्यौलमा रहेको नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनको मोडालिटी र मिति तय गर्नका लागि भोली (शुक्रबार) पदाधिकारी बैंठक बस्ने भएको छ । महासंघको चैत २८ र २९ गते हुनुपर्ने ५४ वार्षिक साधारणसभा तथा निर्वाचन कोरोनाको कारण देखाउँदै पटक पटक सारिएपछि सो विषयमा अध्ययन गरेर चुनावको मोडालिटीबारे सिफारिस गर्न ममिटि गठन भएको थियो ।

laxmi

उक्त अध्ययन कमिटिले बुझाएको प्रतिवेदनको आधारमा महासंघको निर्वाचन मिति तथा मोडालिटीको विषयमा टुङ्गो लगाएर केन्द्रिय कार्यसमितिमा सिफारिस गर्नका लागि शुक्रबार पदाधिकारी बैंठक बोलाईएको महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले बताए । ‘भोलीको पदाधिकारी बैंठकले उक्त प्रतिवेदन माथि छलफल गरेर कुन मोडालिटी र कहिले निर्वाचन गर्न उपयुक्त हुन्छ सो विषयमा केन्द्रिय कार्यसमितिमा प्रस्ताव गरिने छ,’ श्रेष्ठले भने, ‘त्यसपश्चात कार्यसमितिबाट अनुमोदन भएपश्चात सोही अनुरुप महासंघको निर्वाचन गराईने छ ।’

यस अघि अध्ययन कमिटिले कोरोनाबाट सजक हुँदै ३ ओटा मोडालिटी अपनाएर निर्वाचन गर्न सकिने सुझाव सहितको प्रतिवेदन पेश गरेको थियो । जसमा वार्षिक साधारणसभाको उद्घाटन, बन्दसत्र र समापन भर्चुअल गर्दै प्रत्यक्ष रुपमा काठमाडौंमै निर्वाचन गर्ने, जिल्लारनगर क्षेत्रको सम्बन्धित प्रदेशमा र वस्तुगत, एसोसिएटको काठमाडौंमा गर्न सकिने र इभोटिङ गरी ३ ओटा मोडल अपनाउन सुझाएको थियो । तर, सोमध्ये धेरैको सुझाव जिल्ला नगर, बस्तुगत र एशोसिएट्स गरी ३ ओटै क्षेत्रको प्रत्यक्ष रुपमा काठमाडौंमै निर्वाचन गर्नुपर्ने सुझाव आएको अध्ययन समिटिले जानकारी दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL