Logo

नबिल बैंकको चाडपर्व योजना, ७.४९ प्रतिशत ब्याजदरमै घरकर्जा

नबिल बैंकको चाडपर्व योजना, ७.४९ प्रतिशत ब्याजदरमै घरकर्जा



काठमाडौं । नबिल बैंकले आफ्ना ग्राहकका लागि विशेष योजना सार्वजनिक गरेको छ । बैंकले कोविड १९ महामारीको विषम परिस्थितीमा मुद्दती खातामा रकम जम्मा गरी उच्चतम ब्याजदरको लाभ लिन सकिने गरी चाडपर्व योजना सार्वजनिक गरेको हो । बैंकले उक्त योजनाअन्तर्गत १३ देखि २४ महिनासम्मको व्यक्तिगत मुद्दती खातामा ग्राहकहरुलाई बार्षिक ९ प्रतिशत ब्याजदर प्रदान गरिने जनाएको छ ।

laxmi

उक्त योजनाअन्तर्गत १३ देखि २४ महिना सम्मको व्यक्तिगत मुद्दती खातामा ग्राहकहरुलाई बार्षिक ९ प्रतिशत ब्याजदर प्रदान गरिनेछ । त्यस्तै गरी १ बर्षसम्मको मुद्दती खातामा बैंकले ८ दशमलव ५ प्रतिशत ब्याजदर प्रदान गर्दैछ ।

२ बर्षभन्दा माथि र ५ बतर्षसम्मको व्यक्तिगत मुद्दती खातामा बार्षिक ९ दशमलव २५ प्रतिशत ब्याजदर र ५ बर्षभन्दा माथि व्यक्तिगत मुद्दती खातामा बार्षिक ९ दशमलव ५० प्रतिशत ब्याजदर प्रदान गर्नेछ । यस योजनाअन्तर्गत प्रदान गरिएका कर्जाहरुमा एक वर्षसम्म ब्याजदर परिवर्तन नहुने पनि बैंकले जनाएको छ ।

साथै, कर्जा अन्तर्ग घर कर्जामा ७ दशमलव ४९ प्रतिशत, धितो कर्जामा र व्यक्तिगत ओभरड्राफ्टमा ७ दशमलव ९९ प्रतिशत ब्याजदरमा कर्जा प्रदान गर्ने निर्णय बैंकले गरेको छ । त्यसैगरी, साना तथा मझौला कर्जामा, एक करोड सम्मको कर्जामा ७ दशमलव ४९ प्रतिशत, एक करोड भन्दा माथिको कर्जामा ७ दशमलव ९९ प्रतिशत ब्याजदरमा कर्जा प्रदान गर्ने निर्णय बैंकले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL