पोखरा । पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा) पोखराको अध्यक्षमा दीपेन्द्र कोइराला निर्वाचित भएका छन् । शुक्रबार पोखरामा सम्पन्न १९औं साधारणसभा तथा दसौं अधिवेशनले उनको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो । एसोसिएसनको वरिष्ठ उपाध्यक्षमा शिव श्रेष्ठ, उपाध्यक्षमा निरन केसी, महासचिवमा विनय थापा, कोषाध्यक्षमा अशोक चालिसे र सचिवमा दीपेन्द्र भण्डारी निर्वाचित भएका छन्। त्यस्तै कार्यसमिति…