काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा जेठ २३ गते, शुक्रबार बिहान ११ बजे कम्पनीको रजिस्टर्ड कार्यालय, सुर्खेतमा सफलतापूर्वक सम्पन्न भएको हो । सभाको प्रारम्भमा प्रमुख कार्यकारी अधिकृत प्रताप मान श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्दै संस्थाको हालको प्रगति तथा भावी योजनाहरूको संक्षिप्त जानकारी दिएका थिए ।…