Logo

गभर्नर पौडेल र वाणिज्य बैंकका अध्यक्षहरुबीच छलफल, यी हुन् प्राथमिकतामा परेका बिषयहरु

गभर्नर पौडेल र वाणिज्य बैंकका अध्यक्षहरुबीच छलफल, यी हुन् प्राथमिकतामा परेका बिषयहरु



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेल र वाणिज्य बैंकका अध्यक्षहरुबीच छलफल भएको छ । बुधबार भएको छलफलमा मौद्रिक नीति, दोस्रो वित्तीय क्षेत्र विकास रणनीति एवम् बैंक तथा वित्तीय संस्था सम्वन्धी ऐनको प्रस्तावित परिमार्जन लगायतका विषयले प्राथमिकता पाएको छ ।

छलफलका क्रममा बैंकका अध्यक्षहरुले बैंकर र व्यवसायी छुट्याउन आवश्यक नभएको बताएका छन् । व्यापारीलाइ बैंक नै चलाउन नदिने नीति ल्याउँदा यसले थप समस्या उत्पन्न गराउने उनीहरुको तर्क छ ।

साथै, उनीहरुले केन्द्रीय बैंकलाई बैंकहरुको सञ्चालक समितिमा स्वतन्त्र संचालकको संख्या थप्ने नीति लिन सुझाव दिएका छन् । त्यस्तै, बाफिया र वित्तीय रणानीतिको बारेमा पनि छलफल भएको थियो ।

यता, केन्द्रीय बैंकले भने चालु आर्थिक वर्षको मौद्रिक नीतिमा समावेश भएको केही कुराहरु तत्काल कार्यान्वयन गर्न नसक्ने बताएको छ । अवधारणा बिना नै आएको नियो बैंक सञ्चालन, प्रोभिजनिङलगायतका कुराहरु तत्काल कार्यान्वयन गर्न नसक्ने बताएको हो ।

प्रतिक्रिया दिनुहोस्