काठमाडौं । उद्योग परिसंघ नेपाल (सीएनआई)ले ८ लिटर क्षमताका २ सय थान अक्सिजन कन्सन्ट्रेटर नेपाल सरकारलाई सहयोग गरेको छ । पछिल्लो समय कोरोना महामारीको दोस्रो भेरियन्ट लगातार बढिरहेको भन्दै होंशी शिभव सिमेन्टमार्फत उक्त कन्सन्ट्रेटर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरेको हो । सीएनआईले यसअघि पनि विभिन्न उद्योगहरुलाई अक्सिजन सिलिण्डर सहयोग गर्न आह्वान गरेको थियो ।…