काठमाडौं । चालु आर्थिक बर्षको ९ महिनामा ९४ अर्ब ७७ करोड रुपैयाँ बराबरको वस्तु नेपालबाट निर्यात भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ९ महिनाको प्रतिवेदनअनुसार नेपालले गर्ने निर्यातको व्यापारमा गत आर्थिक बर्षको तुलनामा २० दशमलव २ प्रतिशतले वृद्धि भएको हो । गत बर्ष नेपालले यस्तो निर्यात अघिल्लो बर्षको तुलनामा १२ दशमलव ९ प्रतिशतले…