Logo

गौँथली बचत तथा ऋण सहकारी संस्थाको सामाजिक उत्तरदायित्व, २ हजार प्याकेट स्वास्थ्य सामग्री वितरण

गौँथली बचत तथा ऋण सहकारी संस्थाको सामाजिक उत्तरदायित्व, २ हजार प्याकेट स्वास्थ्य सामग्री वितरण



काठमाडौं । काठमाडौंको मैतीदेवीस्थित गौँथली बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सेयर सदस्य तथा सुरक्षाकर्मीहरुलाई निशुल्क स्वास्थ्य सामग्री सहयोग गरेको छ । संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत १० पीस सर्जिकल मास्क, १ पीस सेनीटाईजर र १ पीस साबुनसहितको प्याकेट बनाई आफ्ना सेयर सदस्य तथा कार्यालय आसपासका सुरक्षाकर्मीहरुलाई हस्तान्तरण गरेको हो ।

laxmi

पछिल्लो समय देशभर कोरोना महामारीको दोस्रो भेरियन्ट फैलिएसँगै यसको रोकथाम र नियन्त्रणका लागि भन्दै संस्थाले यस्तो सहयोग गरेको जानकारी दिएको छ ।

संस्थाका करिब १ हजार ७ सय सेयर सदस्य तथा ३ सय जना सुरक्षाकर्मीसहित २ हजार प्याकेट स्वास्थ्य सामग्री सहयोग गरेको हो । उक्त प्याकेट सेवाग्राहीको घरमै उपलब्ध गराउने संस्थाका प्रमुख कार्यकारी संचालक चेतन न्यौपानेले जानकारी दिए ।

‘हाल देश नै संक्रमित छ । यस्तो अवस्थामा यस संक्रमणबाट बच्नको लागि हामीले सामाजिक दुरी, पालैपालो कार्यालय उपस्थित, मास्क, सेनिटाइजर, साबुनको प्रयोग लगायत अन्य सावधानीहरु त अपनाएका छौ,’ उनले भने, ‘तर, आफु सुरक्षित रहने संग–संगै आफ्ना शेयर सदस्यहरु, कर्मचारी र सुरक्षाकर्मिहरूको सुरक्षा पनि महत्वपुर्ण हो भन्ने सोचेर यस संस्थाका सम्पूर्ण शेयर सदस्यहरु , कर्मचारी र सुरक्षाकर्मिहरूको लागि स्वास्थ्य सामग्री प्याकज बनाएका हौं ।’

संस्थाले यस अघि पनि विभिन्न समयमा सामाजिक कार्यहरु गर्दै आएको छ । अघिल्लो लकडाउनमा पनि औषधी छर्कने, दुर्गम स्थानहरुमा स्वास्थ्य सामग्री सहयोग गर्ने लगायत जनचेतनामुलक कार्यहरु संचालन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL