काठमाडौं । नेपाल धितोपत्र बोर्ड बिरुद्व परेको मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन इन्कार गरेको छ । न्यायाधीश डा. कुमार चुडालको एकल इजलासले निवेदकको माग बमोजिम धितोपत्र बोर्डमा रहेको विभिन्न विविध कम्पनी समेतको आर्थिक अवस्था सर्वसाधारणको जानकारीका लागि प्रकाशन गरेको कारण निवेदकको निर्विवाद हकमा असर परेको भन्ने नदेखिएकाले अन्तरिम आदेश जारी गर्न इन्कार गरेको हो…