Global_Ime

प्रुडेन्सियल इन्स्योरेन्सको उन्नाईसौं वार्षिक साधारणसभा सम्पन्न¸ सञ्चालकमा संघई र टण्डन निर्विरोध चयन


बिजखबर संवाददाता
20 June, 2021 3:23 pm

prudential insurance

काठमाडौं । निर्जीवन बीमाको कारोबार गर्दै आएको प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको उन्नाईसौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

Nabil
Yamaha

आइतबा।र सम्पन्न सो साधारण सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष विशाल अग्रवालद्धारा प्रस्तुत आर्थिक वर्ष २०७६÷७७ को वार्षिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।

कम्पनीको संचालक समितिले प्रस्ताव गरे बमोजिम कम्पनीको उन्नाईसौं वार्षिक साधारण सभाबाट ८५ बोनस शेयर र ०.४२ कर प्रयोजनार्थ नगद लाभांश दिने प्रस्ताव सर्वसम्मतिबाट पारित भएको छ । साविक १ अर्ब २ करोड ६४ लाख ३२ हजार चुक्ता पूँजीबाट बोनश शेयर शेयर पश्चात कम्पनीको चुक्तापूँजी १ अर्ब १० करोड ८५ लाख ४६ हजार ५ सय ६० साठी हुनेछ ।

वार्षिक साधारण सभाबाट कम्पनीको संस्थापक समूह ख अन्तर्गत २ जना सञ्चालकहरुको निर्वाचन सम्पन्न गरेको छ जसमा सञ्चालक श्री शैलेष संघई, र अनिता रायमाझी टण्डन निर्विरोध निर्वाचित भएका छन । सञ्चालकहरुलाई निर्वाचन अधिकृतले पद तथा गोपनियताको सपथ ग्रहण समेत गराए ।

प्रतिक्रिया दिनुहोस्

Nepal_telecom