काठमाडौं । अर्थ मन्त्रालयका सचिव तोयम रायले कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसमक्ष नेपाल राष्ट्र बैंक सञ्चालक समिति सदस्यका रूपमा शपथ लिएका छन् । सर्वोच्च अदालतमा बिहीबार आयोजित कार्यक्रममा कायममुकायम प्रधानन्यायाधीश कार्कीले उहाँलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १४ मा अर्थ मन्त्रालयका सचिव उक्त बैंक सञ्चालक समितिको सदस्य रहने…