काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरपालिकाको अनुमति नै नलिई सरकारले सार्वजनिक जग्गा लिजमा दिईरहेको आरोप लगाएको छ । महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले बिहीबार आफ्नो फेसबुक पेजमा एक स्ट्याटस लेख्दै यस्तो बताएका हुन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ९७ को उपदफा (१) ले सरकारी, सार्वजनिक तथा सामुदायिक सम्पत्तिको रेखदेख तथा संरक्षण गर्ने दायित्व…