Logo

नेपाल बैंकर्स संघ र जीवन बीमक संघबीच सम्झौता, तथ्यांक आदान प्रदानमा समन्वय गर्ने

नेपाल बैंकर्स संघ र जीवन बीमक संघबीच सम्झौता, तथ्यांक आदान प्रदानमा समन्वय गर्ने



काठमाडौं । नेपाल बैंकर्स संघ (एनबीए) र जीवन बीमक संघ नेपाल बीच एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सो सम्झौता पत्रमा नेपाल बैंकर्स संघका तर्फबाट संघका अध्यक्ष सुनिल केसी तथा जीवन बीमक संघ नेपालका तर्फबाट संघका अध्यक्ष पोषक राज पौडेलले हस्ताक्षर गरेका हुन् ।

laxmi

सम्झौता अनुसार बैंक तथा बीमा क्षेत्रबीच आपसी समन्वय स्थापना गरी एक आपसमा तथ्याङ्कहरु, सूचना तथा जानकारीहरु आदान प्रदान गर्ने, नीतिगत तहका विषयहरुमा अध्ययन अनुसन्धान गर्ने तथा पारस्पारिक लाभका विषयहरुको पहिचान गरी अघि बढ्ने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL