काठमाडौं । काठमाडौं र ललितपुरका विभिन्न ठाउँमा शनिबार ८ घण्टा बिजुली अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले दुई जिल्लाका विभिन्न स्थानमा सबस्टेशन स्तरोन्नति गर्ने भएकाले विद्युत आपुर्ति बन्द हुने बताएको हो । प्राधिकरणले लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाले टेकु सबस्टेसन स्तरोन्नति गरी टेकु स्युचाटार ६६ केभी लाइन १३२ केभीमा चार्ज गर्नेगरी काम…