Logo

काठमाडौं र ललितपुरमा शनिबार दिनभर बिजुली नआउने, यी स्थानमा हुनेछ विद्युत अवरुद्ध

काठमाडौं र ललितपुरमा शनिबार दिनभर बिजुली नआउने, यी स्थानमा हुनेछ विद्युत अवरुद्ध



काठमाडौं । काठमाडौं र ललितपुरका विभिन्न ठाउँमा शनिबार ८ घण्टा बिजुली अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले दुई जिल्लाका विभिन्न स्थानमा सबस्टेशन स्तरोन्नति गर्ने भएकाले विद्युत आपुर्ति बन्द हुने बताएको हो ।

laxmi

प्राधिकरणले लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाले टेकु सबस्टेसन स्तरोन्नति गरी टेकु स्युचाटार ६६ केभी लाइन १३२ केभीमा चार्ज गर्नेगरी काम गरिरहेको छ । त्यसैका लागि भन्दै शनिबार टेकु तथा के थ्री सबस्टेसन तथा त्यससँग सम्बन्धित स्वीचिङ स्टेसनहरूबाट आपूर्ति भइरहेको बिजुली बन्द गरिने भएको हो ।

यसो हुँदा शनिबार बिहान १० बजेदेखि साँझ साढे ६ बजेसम्म रत्नपार्क, कुलेश्वर, पुल्चोक तथा लगनखेल वितरण केन्द्र अन्तर्गत पर्ने फिडरमा विद्युत् अवरूद्ध हुने भएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL