कोभिडको समयमा जुन स्तरमा रेमिट्यान्स घट्न सक्छ भन्ने अनुमान थियो, त्यसरी घटेन । बरु त्यस बेला अनौपचारिक व्यापार र भुक्तानीका बाटोहरु अवरुद्ध भएका कारण औपचारिक प्रणालीबाट रेमिट्यान्स आप्रवाह बढेको थियो । त्यसरी पैसा बढ्नुमा विदेशमा भएका नेपालीले अन्यत्र लगानी गरेको वा सरसापट दिएको पैसा पनि खोजेर स्वदेश पठाउनु पनि एउटा कारण हो । कोभिडपछि स्वदेश…