Logo

प्रतिबद्धताको ३६ प्रतिशत मात्रै प्रत्यक्ष वैदेशिक लगानी नेपाल भित्रिन्छ, यस्तो छ राष्ट्र बैंकको तथ्यांक

प्रतिबद्धताको ३६ प्रतिशत मात्रै प्रत्यक्ष वैदेशिक लगानी नेपाल भित्रिन्छ, यस्तो छ राष्ट्र बैंकको तथ्यांक



काठमाडौं । नेपालमा वैदेशिक लगानी प्रतिवद्धताको तुलनामा जम्मा ३६ प्रतिशत मात्रै भित्रिने गरेको पाइएको छ । हालै राष्ट्र बैंकले सार्वजनिक गरेको एक तथ्यांकअनुसार नेपालमा औसतमा प्रतिबद्धताको करिव ३६.२ प्रतिशत मात्रै प्रत्यक्ष वैदेशिक लगानी भित्रिने गरेको हो ।

laxmi

राष्ट्र बैंकले हालै प्रत्यक्ष बैदेशिक लगानी माथि एक सर्भे प्रतिवेदन सार्वजनिक गरेको थियो । जसमा पछिल्लो २० बर्षमा प्रतिबर्ष भित्रिने प्रत्यक्ष वैदेशिक लगानी र आएको प्रतिवद्धतालाई औसतमा हिसाव गरिएको छ । जसअन्तर्गत नेपालमा १ १ करोड रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानीको प्रतिबद्धता आउँदा भित्रिने रकम भने जम्मा ३६ प्रतिशत मात्रै रहेको देखिएको हो ।

अघिल्लो आर्थिक बर्ष २०७८÷७९ मा मात्रै नेपालमा झण्डै ५५ अर्ब रुपैयाँ बराबरको वैदेशिक लगानीको प्रतिवद्धता आएपनि भित्रिने रकम भने जम्मा १८ अर्ब ६० करोड रुपैयाँ बराबर मात्रै थियो । यस्तै त्यसको अघिल्लो आवमा पनि अवस्था त्यस्तै रहेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ । आर्थिक बर्ष २०७७÷७८ मा पनि नेपालमा विदेशी लगानीकर्ताहरुले ३२ अर्ब रुपैयाँ बराबरको लगानी प्रतिवद्धता जाहेर गरेपनि नेपालमा भित्रिने रकम भने जम्मा १९ अर्ब ५ करोड रुपैयाँ बराबर मात्रै थियो ।

खासगरी विदेशी लगानीकर्ताहरुले कुनै आर्थिक बर्षमा गरेको प्रतिवद्धताअनुसार लगानी ल्याउने वातावरण नहुँदा नेपालमा वास्तविक लगानी आकर्षित हुन नसकेको नेपाली उद्योगी व्यवसायीहरु बताउँदै आएको छ । झन्झटिलो कागजी प्रक्रिया, विभिन्न सरकारी नीति नियम र उद्योग व्यवसायको वातावरणको कमीका कारण प्रतिवद्धताअनुसारको लगानी भित्रिनमा समस्या देखिरहेको विज्ञहरु बताउँछन् ।

यति मात्रै होइन सरकारी नीति र उद्योग व्यापारमा देखिएको मन्दीका कारण पछिल्लो समय प्रत्यक्ष वैदेशिक लगानी पनि घट्दै गएको पाईएको छ ।
राष्ट्र बैंकको तथ्यांकलाई आधार मान्दा पनि आर्थिक बर्ष २०७७÷७८ मा १९ अर्ब ५० करोड रुपैयाँ बराबरको लगानी भित्रिएकामा अघिल्लो आर्थिक बर्ष अर्थात २०७८÷७९ मा घटेर १८ अर्ब ६० करोड रुपैयाँमा सीमित भएको हो । यो करिव १ अर्ब रुपैयाँले कम हो ।

प्रतिक्रिया दिनुहोस्
MBL