Logo

साझाको नयाँ बिजुली बस आजबाट नयाँ रुटमा : पाटनढोका-रत्नपार्क-जोरपाटी रुटमा चल्ने

काठमाडौँ । साझा यातायातको बिजुली बस आजवाट थप नयाँ रुटमा चल्ने भएको छ । पत्रकार तथा नागरिक अभियन्ता कनकमणी दिक्षितका अनुसार साझा यातायातको पाटनढोका–रत्नपार्क–जोरपाटी बिजुली बस सेवा आजवाट सुरु हुनेछ । उनका अनुसार सोमबार दिउँसो २ः३० बजे ललितपुर महानगरपालिकाका मेयर चिरिबाबू महर्जनले सो नयाँ रुटको शुभाराम्भ गर्दैछन् ।