Logo

इजरायल–प्यालेस्टाईन युद्ध : नेपालको अर्थतन्त्रमा कस्तो असर गर्छ ? यस्तो छ अर्थविद्को तर्क

इजरायल–प्यालेस्टाईन युद्ध : नेपालको अर्थतन्त्रमा कस्तो असर गर्छ ? यस्तो छ अर्थविद्को तर्क



काठमाडौं । इजरायल र प्यालेस्टाइनको इस्लामिक समूह हमासबीच भइरहेको युद्धले नेपालको अर्थतन्त्रमा पनि असर पर्ने देखिएको छ । यी दुई मुलुकबीचको युद्धले नेपालको अर्थतन्त्रको हरेक पक्षबाट असर गर्ने अर्थविज्ञहरु बताउँछन ।

laxmi

दुईदेशबीचको युद्धले विश्व सप्लाईमा असर गर्ने भएको कारण नेपालमा पनि त्यसको प्रभाव पर्ने अर्थविज्ञ अच्युत वाग्ले बताउँछन । हाल इजरायलबाट नेपालमा वार्षिक औसतमा १ अर्ब ३८ करोड ९४ लाख रुपैयाँ बराबरको बिभिन्न बस्तूहरु आयात भइरहेको छ । यसैगरी, नेपालबाट वार्षिक औसत १ करोड ८१ लाख ६४ हजार रुपैयाँ बराबरको बस्तुहरु इजरायल निर्यात हुने गरेको छ । अहिले भएको द्धन्द्ध बढेमा आयात निर्यातमा पनि प्रतक्ष्य असर देखिने वाग्लेको बुझाई छ ।

यी दुई देशमा युद्धजारी रहेमा बहुआयामिक आर्थिक पाटोमा असर देखिने अर्थविज्ञ डिल्लिराज खनाल बताउँछन । केहि समय अगाडी रसिया र युक्रेनबीचको युद्धले पनि नेपालको अर्थतन्त्रमा समस्या देखिएको थियो । रसिया युक्रेन युद्धले नेपालमा आयात हुने खाद्यान्न लगायतका बस्तूमा असर गरेको कारण नेपाल महँगीको चपेटामा परेको थियो ।

हाल इजरायल र प्यालेस्टाइनको इस्लामिक समूह हमासबीच भएको युद्धले पनि नेपालमा महँगी बृद्धि हुने देखिएको छ । यस युद्धको कारण पेट्रोलियम पदार्थको मूल्य उच्च रुपमा बढ्ने सम्भावना रहेको अर्थविज्ञ नरबहादुर थापा बताउँछन । यी दुई देश बिच युद्ध हुन सुरुहुने बितिकै अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा बृद्धि हुन सुरु भएको छ ।

यसैगरी, यी दुई देशमा अहिले भएको आक्रमणको कारण देखिने पहिलो प्रत्यक्ष असर रोजगारीमा पर्ने पुर्ब अर्थमन्त्री सुरेन्द्र पाण्डे बताउँछन । ‘अहिले भएको आक्रमणले अब इजरायलमा रोजगारीको लागि नेपालीहरु जान डराउनुपर्ने अवस्था आएको छ ।,’ उनी भन्छन, ‘इजरायलले नेपाललाई आर्थिक सहयोग गरेको भनेको रोजगारीको माध्यमबाट हो, यसमा अब केहि समस्या देखिन सक्छ ।’ रोजगारीमा समस्या आउँदा रेमिट्यान्स आउन पनि कम हुने पाण्डे बताउँछन ।

अन्तराष्ट्रिय बजारमा ६ दिनको अन्तरातमा कच्चा पदार्थको मूल्य प्रति ब्यारेल ४ डलरको हाराहारीमा बढेको छ । अक्टोबर ५ मा प्रति ब्यारेर ८४.०७ डलर रहेको कच्चा तेलको मूल्य अक्टोबर ११ मा आउँदा ८७.३३ डलर पुगेको छ । आगामी दिनमा युद्ध लम्बियो भने यस्तो तेलको मूल्य अझै बढ्ने विज्ञहरुको बुझाई छ ।

यसैगरी, यी दुई देशमा सुरु भएको युद्धको कारण सुन–चाँदीको मूल्यमा पनि बृद्धि हुन थालेको छ । युद्ध अगाडीका केहि दिन घटिरेको सुनको मूल्य युद्ध पछि बढ्न थालेको छ । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य पनि एक हप्तामा प्रति आउन्स १४।०८ रुपैयाँ डलरमा बढेको छ । यसले नेपालमा बजारमा पनि सुनको मूल्य वृद्धि भइरहेको देखिन्छ ।

यता युद्ध पछिसम्म लम्बियो भने अमेरिकन डलरको मूल्यमा बृद्धि हुन सक्ने विज्ञहरु बताउँछन । तर, उक्त हमला पश्चातको दिनहरुमा भने डलरमा खासै उत्तार चढाब आएको देखिदैन । आगामी दिनमा युद्ध लम्बियो भने यसले अमेरिक डलरको भाउ बढ्ने र नेपालकोे मुद्रा सस्तो बन्दा यसले विदेशमा गर्ने भुक्तानीमा समस्या आउने अवस्था सिर्जना हुँने अर्थविज्ञ थापा बताउँछन । विश्व सबैभन्दा धेरै पेट्रोलियम पदार्थ उत्पादन हुने देशहरु अरबी देशहरु हो ।

अहिले युद्ध सुरु भएको देश पनि अरबी देश भित्र पर्ने भएको कारण पेट्रोलियम पदार्थको मूल्य विश्वभर नै बढ्न सक्ने र यसको असर नेपालमा अझ धेरै पर्ने थापा बताउँछन । अहिले भारतले अरबी देशहरुबाट कच्चा तेल आयात गरेर रिफाइन्ड गरी नेपालमा निर्यात गर्ने गरेको छ ।

उक्त युद्धको प्रत्यक्ष असर कच्चा तेल आयात–निर्यातमा पर्ने भएको कारण नेपालमा आयात हुने पेट्रोयिम पदार्थ जन्य सबै कुरा महँगो हुने थापा बताउँछन । नेपाल भुपरिबेष्टिक देश हो । यहाँ आउने हरेक बस्तू भारतको बाटो हुँदै आउँने र अन्तराष्ट्रि बजारमा सानो घटना घटेपनि त्यसको बाछिटाले नेपालको अर्थतन्त्रमा चाडै असर गर्ने थापा बताउँछन ।

‘पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुने वितिकै ढुँवानी सेवामा मूल्य वृद्धि हुन्छ र यसको कारण सबै बस्तूको मूल्य बृद्धि हुन्छ,’ उनी भन्छन, ‘यता ग्यासको भाउमा वृद्धि हुँदा हरेक व्यक्तिको भान्सामा मूल्य वृद्धिको असर देखिन थाल्छ ।’ पेट्रोलियम पदार्थको मूल्य वृद्धिले नै नेपालीले हरेक कुरामा मूल्य वृद्धिको सामाना गर्नुपर्ने थापाको बुझाई छ ।

नेपालले अहिले केहि मात्रामा नेपालका विद्यार्थीलाई इजरायलको कृषि प्रणालीको बारेमा अध्ययन गर्न पठाउने गरेको छ । यसरी अध्ययनका लागि इजरायल गएका नेपाली फेरी नेपालमा आएर नेपालको कृषि प्रणालीमा सुधार गर्ने अपेक्षा सरकारको थियो । तर, यस युद्धको कारण सरकारको त्यो अपेक्षा पनि पुरा नहुने देखिन्छ ।

इजरायलबाट नेपालमा पर्यटकहरु घुम्न आउँने जाने सम्भावना पनि युद्ध लम्बियो भने बन्द हुने र यसले पनि अर्थतन्त्रमा असर गर्ने र यसले पर्यटन वयवसायमा पनि केहि गिरावट आउन सक्ने विज्ञ थापाको बुझाई छ । यी दुई देशको युद्ध बढेमा नेपालमा मात्र नभएर विश्व अर्थतन्त्रमा असर देखिने विज्ञहरुको बुझाई छ ।

यसैगरी, नेपालले पाउने दातृ निकायहरुको सहयोगमा पनि केहि कमि आउन सक्ने अवस्था रहेको थापा बताउँछन । रसिया र युक्रेनको युद्ध सुरु हुँदा दातृ निकायहरुले अन्य सामान्य देशलाई गर्ने सहयोग कटाएर युद्धको कारण मर्कामा परेको देशलाई सहयोग बढाउने भएको कारण नेपालले विदेशी संस्थाबाट पाउने अनुदान घट्ने विज्ञहरु बताउँछन ।

यसैगरी, इजरायलसँग नेपालले श्रम सम्झौता गरेर हरेक वर्ष रोगाजारीको लागि मानिसहरु इजरायल जाने गरेका छन । नेपालीलाई राम्रो तलबमा वैदेशिक रोजगारीमा लाने देशमध्ये इजरायल पनि राम्रो देश हो । यस कारण वैदेशिक रोजगारीबाट आउने आम्दानीमा पनि गिरावट आउने सम्भावना रहेको पुर्ब गर्भनर तथा अर्थविज्ञ दिपेन्द्र बहादुर क्षत्री बताउँछन ।

यसरी विदेशी संस्थाहरुले सहयोग र प्रोजेक्टहरु अन्य देशमा लक्षित गर्दा देशमा सिमान्तकृत समूदाय तथा दुर्गम क्षेत्रहरुमा बेरोजगारको समस्या बढ्ने पनि अवस्था आउन सक्ने अवस्था रहेको उनीहरुको बुझाई छ । अहिले नै नेपालको अर्थतन्त्र समस्यामा भएको कारण यस्ता अन्तराष्ट्रिय बजारमा घट्ने घटनाले नेपालको अर्थतन्त्र थप गतिरोध बनाउँने पनि अर्थविज्ञहरु बताउँछन ।

प्रतिक्रिया दिनुहोस्
MBL