काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्सालले सहकारी ठगी प्रकरणमा फरार गितेन्द्रबाबु राई (जीबी) खोज्न मलेसियामै प्रहरी पठाउने भएको छ । केही साताअघि नै प्रहरी प्रधान कार्यालयले प्रहरी पठाउने निर्णय गरेको हो । सो निर्णयलाई लिखित रुपमा गृह मन्त्रालय पठाएको छ । ‘हेड क्वार्टरमा निर्णय भएर मन्त्रालय पत्र पठाइसकिएको छ । मिति भने तय भइसकेको छैन,’…