काठमाडौं । यस वर्षको मनसुन प्रणाली देशभर फैलिएको छ । मौसम पूर्वानुमान महाशाखाले बुलेटिन निकालेर मनसुन देशभर फैलिएको जनाएको छ । अहिले देशभर मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । यतिबेला (मंगलबार बिहान) देशभर आंशिकदेखि साधारणतया बदलीको अवस्था छ । गण्डकी प्रदेशका केही स्थान, कोशी र बागमती प्रदेशका थोरै स्थान तथा मधेस, लुम्बिनी र कर्णाली…