काठमाडौं । भारी वर्षासँगै मंगलबार गएको पहिरोमा परी कास्कीमा दुई बालबालिकाको ज्यान गएको छ । मृत्यु हुनेमा मादी गाउँपालिकाकी १३ वर्षीय आयुश्मा रानाभाट र पोखरा महानगरका तीन वर्षीय अनमोल सुनार छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार राति करिब पौने २ बजेतिर घर पछाडिको ढिस्को खसेर हजुरआमासँगै सुतेको बेला आयुश्मा रानाभाटको मृत्यु भएको हो । हजुरआमा…