मुलुकभर रहेका उद्योगी व्यवसायीको सुरक्षाका लागि ३ हजार ५ सय सुरक्षाकर्मी खटिएका छन् । औद्योगिक सुरक्षाका लागि पर्याप्त दरबन्दी नहुँदा पैचिस सय सुरक्षाकर्मीले निजी क्षेत्रको सुरक्षा गरिरहेको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीका प्रहरी नायब महानिरिक्षक पुष्पराम केसीले पर्याप्त जनशक्तिको अभावमा उद्योगी व्यवसायीको सुरक्षामा केहि कठिनाई भएको स्वीकारे । ‘सरकारले औद्योगिक सुरक्षाका लागि पाँच हजार…