काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबाट भ्रष्टाचार उम्मुलन तथा भ्रष्टाचारमा शुन्य सहनशिलताको नारा दिईरहँदा विभागीय मन्त्रीहरु भने ठिक त्यसको विपरित अघि बढिरहेका छन् । सोही अनुरुप यातायात क्षेत्रमा देखिएको सिन्डिकेट हटाउन सफल र त्यसका लागि खरो रुपमा उत्रिएका यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले सो विभागबाट सरुवा…