काठमाडौं । काभ्रे स्थित खोपासीमा रहेको २ दशमलव ४ मेगावाट क्षमताको पनौती जलविद्युत गृहलाई शैक्षिक ग्रामको रुपमा विकास गरिने भएको छ । नेपाल विद्युत प्राधिकरण र काठमाडौं विश्वविद्यालय (केयु)बीच बिहीबार एक कार्यक्रममा शैक्षिक ग्रामको रुपमा विकास गर्न सम्झौता भएको हो । सम्झौता पत्रमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र काठमाडौं विश्वविद्यालयका उपकूलपति प्राडा. रामकण्ठ मकाजु…