काठमाडौं । प्रभु ग्रुपले ‘प्रभु पे’ नामक नयाँ सुविधा संचालनमा ल्याएको छ । कम्पनीले संचालनमा ल्याएको उक्त सेवा ‘वालेट अब मोबाइलमा’ भन्ने नारासहित बिहीबारबाट संचालनमा ल्याएको हो । नौलो तथा अत्याधुनिक प्रविधियुक्त उक्त सेवाबाट विभिन्न किसीमका सेवाहरु पाइनेछन । उक्त सेवामार्फत बैंकबाट पैसा ट्रान्सफर गर्न मिल्नुका साथै बिजुली, पानी, टेलिभिजन लगायतका सेवाको बिल भुक्तानी गर्न…