Logo

प्रभु ग्रुपको ‘प्रभु पे’ सेवा सन्चालनमा, मोबाइलबाटै भुक्तान गर्नुहोस सबैखाले बिलहरु

प्रभु ग्रुपको ‘प्रभु पे’ सेवा सन्चालनमा, मोबाइलबाटै भुक्तान गर्नुहोस सबैखाले बिलहरु



काठमाडौं । प्रभु ग्रुपले ‘प्रभु पे’ नामक नयाँ सुविधा संचालनमा ल्याएको छ । कम्पनीले संचालनमा ल्याएको उक्त सेवा ‘वालेट अब मोबाइलमा’ भन्ने नारासहित बिहीबारबाट संचालनमा ल्याएको हो । नौलो तथा अत्याधुनिक प्रविधियुक्त उक्त सेवाबाट विभिन्न किसीमका सेवाहरु पाइनेछन ।

उक्त सेवामार्फत बैंकबाट पैसा ट्रान्सफर गर्न मिल्नुका साथै बिजुली, पानी, टेलिभिजन लगायतका सेवाको बिल भुक्तानी गर्न सकीने कम्पनीले जानकारी दिएको छ ।

साथै किनमेलमा पैसा तिर्न, मोबाईलको रिचार्ज गर्न तथा बैंकमा डिपोजिट गर्न पनि सकिने भएको हो । साथै युनियन पे तथा क्यु आर कोड स्क्यान गरेर पनि पैसा तिर्न सकिने व्यवस्था रहेको कम्पनीले जानकारी दिएको छ ।

यसलाई प्रयोग गर्नका लागि एन्ड्रोइड तथा आइओएस मोबाइल फोनको प्ले स्टोर या एप स्टोरमा गएर प्रभु पे नामक एप डाउनलोड गर्न सकिन्छ । उक्त सेवाको एप डाउनलोड गर्ने वित्तिकै आफ्नो मोबाइल वालेटमा ३० रुपैया जम्मा हुनेछ ।

साथै उक्त सेवा अन्य साथीलाई रिफर गरेमा अन्य ३० रुपैया जम्मा हुनुका साथै उक्त रिफर एसेप्ट गर्ने साथीको मोबाईल वालेटमा पनि ३० रुपैयाँ जम्मा हुने व्यवस्था रहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL