काठमाडौं । निर्माणाधीन १ सय ११ मेगावाट रसुवागढी जलविद्युत आयोजनाको बाँध बनाउने काम स्थगित भएको छ । आयोजना प्रमुख छवि गैरेका अनुसार वर्षाका कारण पानीको बहाव बढेकाले बाँध निर्माण स्थगित गर्नु परेको हो ।भोटेकोशी नदीले बाँधस्थलबाट नयाँ धार लिएपछि बाँध निर्माण स्थगित गर्नुपरेको उनले बताए । पानीको बहाव प्रतिसेकेण्ड झण्डै ५ हजार घनमिटर रहेको अनुमान…