काठमाडौं । नेपाल र थाइल्यान्डबीच ४७ बर्षपछि नयाँ हवाई सम्झौता भएको छ । बिहिबारदेखि थाईल्यान्डमा बसेको दुई देशका सरकारी प्रतिनिधिको बैठकले शुक्रबार बिहान नयाँ सम्झौता गरेको हो । सम्झौता अनुसार अब दुवै देशले हप्तामा २८ ओटा उडान गर्न सक्नेछन् । सम्झौतामा विदेशी लगानीको नेपाली एयरलाइन्सले समेत थाईल्यान्डमा उडान गर्न सक्ने सहमति गरिएको छ । त्यस्तै…