Logo

मेगा बैंक र आइएमई डिजिटलबीच सम्झौता, मोबाईलबाटै वित्तीय सेवा

मेगा बैंक र आइएमई डिजिटलबीच सम्झौता, मोबाईलबाटै वित्तीय सेवा



काठमाडौं । मेगा बैंक र आइएमई डिजिटलबीच सम्झौता भएको छ । आइएमई पे मोबाइल मनी मार्फत मोबाइल फोनको माध्यमबाट वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यले सम्झौता गरिएको हो ।

सम्झौता अनुसार मेगा बैंक ‘आइएमई डिजिटल’ को बैंकिङ्ग साझेदार संस्था हुनेछ र बैंकका सेवाग्राहीले आइएमई पे वालेटमा आफ्नो बैंक खाता लिङ्क गर्ने, बैंक खाताबाट वालेट र वालेटबाट बैंक खातामा रकम जम्मा गर्ने लगायतका सेवा प्राप्त गर्न सक्नेछन ।

साथै, मेगा बैंकका सेवाग्राहीहरुले ‘आइएमई पे’ मा उपलब्ध रिचार्ज, मनी ट्रान्सफर र क्युआर मार्फत गरिने भुक्तानी सेवा समेत प्राप्त गर्न सक्नेछन् ।

बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र आइएमईका प्रमुख संचालक अधिकृत डेनियल डी श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन ।

आईएमई डिजिटलले ‘आईएमई पे’ अन्तर्गत मोबाइल वालेट सेवा उपलब्ध गराउदै आएको छ । यो सेवाबाट सेवाग्राहीले वा एजेन्टको सहयोग लिएर मोबाइल मार्फत् विभिन्न किसिमका भुक्तानी गर्न सक्नेछन ।

आईएमई डिजिटलसंगको सम्झौताले सर्वसाधारण जनतालाई आधुनिक वित्तीय सेवाहरूको पहुँच उपलब्ध हुनुका साथै नेपालको वित्तीय समावेशी करणमा समेत योगदान पुग्ने आइएमई डिजिटल र मेगा बैंकको अपेक्षा रहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL