काठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि सवारीसाधनमा जोरबिजोर प्रणाली लागु भएको छ । भोली अर्थात मंसिर १४ गतेदेखि हुने एशिया प्यासिफिक सम्मेलनमा सहभागी हुन आउने विभिन्न ४५ देशका १ हजारभन्दा बढी पाहुनाहरुको आवागमनमा सहजता ल्याउन उक्त जोरबिजोर प्रणाली लागु गरिएको हो । गृह मन्त्रालयले आजदेखि मंसिर १६ गतेसम्म जोरबिजोर प्रणाली लागु गरिएको जानकारी दिएको छ ।…