Logo

आजदेखि काठमाडौंमा जोरबिजोर प्रणाली, आज बिजोर अंकका सवारी चल्दै

आजदेखि काठमाडौंमा जोरबिजोर प्रणाली, आज बिजोर अंकका सवारी चल्दै



काठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि सवारीसाधनमा जोरबिजोर प्रणाली लागु भएको छ ।

भोली अर्थात मंसिर १४ गतेदेखि हुने एशिया प्यासिफिक सम्मेलनमा सहभागी हुन आउने विभिन्न ४५ देशका १ हजारभन्दा बढी पाहुनाहरुको आवागमनमा सहजता ल्याउन उक्त जोरबिजोर प्रणाली लागु गरिएको हो ।

गृह मन्त्रालयले आजदेखि मंसिर १६ गतेसम्म जोरबिजोर प्रणाली लागु गरिएको जानकारी दिएको छ । यस्तै सोहि नियमानुसार मंसिर १३ अर्थात आज र पर्सी अर्थात मंसिर १५ गते बिजोर अंकका सवारीसाधन चल्न पाउनेछन ।

यस्तै आज भने बिजोर अंकका सवारीसाधनहरुमात्रै सडकमा गुडेका छन । साथै १४ गते र १६ गते भने जोर अंकका सवारीसाधनहरु चल्न पाउने छन ।

आज जोर अंकका सवारीसाधन रोडमा गुडेकोमा केहिलाई सजाय स्वरुप जरिवाना तिराएको महानगरिय ट्राफिक महाशाखाले जानकारी दिएको छ । यस्तै उक्त जोर बिजोर अंक भने सवारीसाधनको अन्तिम अंकका आधारमा मानिएको महाशाखाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL