काठमाडौँ । दोस्रो दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साफ) मा नेपाल र भारतबीच पहिलो पटक फुटबलमा सन् १९८५ डिसेम्बर २१ मा प्रतिस्पर्धा भएको थियो । बङ्गलादेशको ढाकास्थित बंगबन्धु रङ्गशालामा भएको उक्त खेलमा भारतले नेपाललाई २-० गोलअन्तरले पराजित गरेको थियो । नेपाली टोलीको सुरुआत सुखद् रहेन । त्यसयता नेपाल र भारतबीच फुटबलमा १९ पटक भिडन्त भएको छ…