Logo

चेम्बरले भन्यो – ‘सीसीडी रेसियो नै कायम गरौं, बजारमा तरलता अभाव भयो’

चेम्बरले भन्यो – ‘सीसीडी रेसियो नै कायम गरौं, बजारमा तरलता अभाव भयो’



काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले नेपाल राष्ट्र बैंकले कर्जा–पुँजी–निक्षेप अनुपातको व्यवस्थालाई खारेज नगर्न आग्रह गरेको छ । बुधबार एक विज्ञप्ति जारी गर्दैै चेम्बरले कर्जा–निक्षेप (सीडी) रेसियोको व्यवस्थाले बजारमा तरलताको अभाव भएको भन्दै गर्दै सीसीडी रेसियोको व्यवस्था नै निरन्तरता हुनु पर्ने बताएको हो ।

laxmi

नेपाल राष्ट्र बैंकले चालु आवको मौद्रिक नीति मार्फत सीसीडी रेसियो खारेज गरेर सीडी रेसियो कायम गर्ने व्यवस्था गरेको थियो । मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्थाको सीसीडी रेसियो खारेज गरी नयाँ व्यवस्था अनुसार अधिकतम सीडी रेसियो ९० प्रतिशत कायम गरेको हो ।

यो व्यवस्थाले ब्याजदर समेत वढ्न जाने भएकोले पुरानै व्यवस्था अनुरुप सीसीडी रेसियो न्युनतम ८५ प्रतिशत कायम हुनु पर्ने चेम्बरको माग छ ।

यस्तै, चेम्बरले कोभिड १९ को कारण प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा प्रभावित भएका उद्योग तथा व्यवसायहरुको लागि प्रदान भएको पुनर्तालिकीकरणको ब्यवस्थालाई नेपाल राष्ट्र वैंकबाट नियमन गरिनु पर्ने उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL