Logo

धितोपत्र बोर्ड अध्यक्ष ढुंगानामाथि सरकारको तरबार, पूर्वन्यायाधीशको संयोजकत्वमा छानविन समिति गठन

धितोपत्र बोर्ड अध्यक्ष ढुंगानामाथि सरकारको तरबार, पूर्वन्यायाधीशको संयोजकत्वमा छानविन समिति गठन



काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानालाई सरकारले निलम्बन गरेको छ । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले ढुंगानाका सम्बन्धमा छानविन गर्न तीन सदस्यीय छानविन समिति गठन गरेको छ ।

laxmi

सर्वोत्तम सिमेन्टको सेयर छोरी तथा एकाघरका परिवारका सदस्यको नाममा किनेपछि विवादमा तानिएका ढुंगानालाई सरकारले छानबिन गर्न निलम्बन गरेर छानविन अघि बढाएको हो ।

उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेको संयोजकत्वमा गठित छानविन समितिको विज्ञ सदस्यमा नारायणप्रसाद पौडेल र नेपाल कानून आयोगका सहसचिव अर्जुनककुमार खड्का सदस्य रहेका छन् । समितिले छानविन गरी प्रतिवेदन पेश गर्नेछ । त्यसको आधारमा सरकारले बाँकी काम अघि बढाउने भएको छ ।

‘धितोपत्रसम्बन्धी ऐन २०६३ को दफा ७ को उपदफा ७ बमोजिम बोर्डका अध्यक्षका सम्बन्धमा छानविन गरी प्रतिवेदन पेश गर्न उच्च अदालतका पूर्वन्यायाधिश अनन्तराज डुम्रेको अध्यक्षतामा विज्ञ सदस्य प्रा नारायणप्रसाद पौडेल र कानून आयोगका सहसचिव अर्जुनकुमार खड्का सदस्य रहेको जाँचबुझ समिति गठन गरिएको छ’, मन्त्रिपरिषदको निर्णयमा छ ।

प्रतिक्रिया दिनुहोस्
MBL