काठमाडौं । पछिल्लो समय नेपाल भित्रिने विप्रेषण (रेमिटयान्स) आप्रवाह घटेको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (आर्थिक वर्ष २०७८–७९ को नौ महिनाको तथ्याङ्कमा आधारित) मा समीक्षा अवधिमा विप्रेषण आप्रवाह ०.६ प्रतिशतले कमी आई रु.७२४ अर्ब ७४ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह…