Logo

सेयर बजार उकालो लाग्ने क्रम जारी, ५६ अंकले बढेको बजारमा हाइड्रोको सेयर मूल्यमा उछाल

सेयर बजार उकालो लाग्ने क्रम जारी, ५६ अंकले बढेको बजारमा हाइड्रोको सेयर मूल्यमा उछाल



काठमाडौं । केही दिनयता सेयर बजारमा देखिएको वृद्धिको क्रम बुधबार पनि जारी रहेको छ । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५६.०६ अंकले बढेर २३६९.०३ अंकमा पुगेको छ ।

बुधबार बजारमा ५३ लाख ३३ हजार १०९ कित्ता सेयर किनबेच हुँदा २ अर्ब १६ करोड ३९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । जसमा २२९ कम्पनीको सेयर खरिदबिक्री भएको छ ।

बुधबार कारोबार भएका सबै उपसूचकको मूल्य बढेको छ । आज कारोबार भएको हाइड्रो उपसूचकको मुल्य ४.९७ प्रतिशतले बढेको छ भने फाइनान्स उपसूचकको ४.३५ प्रतिशतले बढेको छ ।

सबैभन्दा बढी कारोबार अरुण भ्याली हाइड्रोको भएको छ । सो कम्पनीको १० करोड ५९ लाख भन्दा बढीको सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL