काठमाडौं । नेपालको दोस्रो अन्तरराष्ट्रिय विमानस्थल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका छन् । कुवेतको जजिरा एयरवेजको अन्तरराष्ट्रिय विमान पहिलोपटक विमानस्थलमा अवतरण भएसँगै विमानस्थलको औपचारिक उद्घाटन भएको हो । नियमित अन्तरराष्ट्रिय उडानका लागि जजिराले यसअघि नै अनुमति पाईसकेको थियो । जजिरा एयरवेजले बुद्धजयन्तीको अवसर पारेर सोमबारदेखि नियमित रूपमा कुवेत–भैरहवा–कुवेत उडान गर्नेछ । नेपाली…