Logo

जजिरा एयरवेज अवतरणसँगै गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थल उद्घाटन, हप्तामा ३ उडान भर्ने

जजिरा एयरवेज अवतरणसँगै गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थल उद्घाटन, हप्तामा ३ उडान भर्ने



काठमाडौं । नेपालको दोस्रो अन्तरराष्ट्रिय विमानस्थल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका छन् । कुवेतको जजिरा एयरवेजको अन्तरराष्ट्रिय विमान पहिलोपटक विमानस्थलमा अवतरण भएसँगै विमानस्थलको औपचारिक उद्घाटन भएको हो ।

laxmi

नियमित अन्तरराष्ट्रिय उडानका लागि जजिराले यसअघि नै अनुमति पाईसकेको थियो । जजिरा एयरवेजले बुद्धजयन्तीको अवसर पारेर सोमबारदेखि नियमित रूपमा कुवेत–भैरहवा–कुवेत उडान गर्नेछ ।

नेपाली समय अनुसार सोमबार बिहान २ बजेर ३० मिनेटमा कुबेतबाट उडान भरेको जजिराको विमान बिहान ७ बजेर ७ मिनेटमा गौतमबुद्ध विमानस्थलमा अवतरण गरेको हो । जजिरा एयरवेजले हाल गौतम बुद्ध विमानस्थलमा हप्ताको ३ दिन उडान भर्नेछ । विमानस्थल उद्घाटनका लागि पर्यटनमन्त्री प्रेम बहादुर आले, प्रधानमन्त्री शेर बहादुर देउवालगायत हिजै लुम्बिनी पुगिसकेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL