Logo

आजदेखि विद्यालय बन्द, देशभरका ३५ हजार विद्यालय प्रभावित

काठमाडौं । सरकारले आजदेखि आधारभूत र माध्यमिक तहका विद्यालय १५ माघसम्मका लागि बन्द गरेको छ । कोभिड–१९ को संक्रमण उकालो लाग्न थालेपछि २५ पुसको सिसिएमसिसीको सिफारिस र त्यसको भोलिपल्ट शिक्षा मन्त्रालयको निर्णयअनुसार आजदेखि लागू हुनेगरी देशभरका ३५ हजार विद्यालयमा पठनपाठन बन्द भएको हो । विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानको पठनपाठनका विषयमा भने कुनै निर्णय भएको छैन ।…