काठमाडौं । देशमा विकास निर्माणका काम गरेर पुँजीगत खर्च परिचालनमा चुकेको सरकार राजस्व उठौतीमा पनि पछि परेको छ । विगतका बर्षको तुलना गर्दा यो आर्थिक बर्षमा पुँजीगत खर्च ज्यादै न्यून अर्थात ६ महिनामा १३.४४ प्रतिशतमात्रै खर्च भएको छ । अर्थ मन्त्री जनार्दन शर्माले पटक पटक मासिक १० प्रतिशतका दरले पुँजीगत खर्च गर्ने बताउँदै आएपनि व्यबहारमा…