काठमाडौं । आईतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९८ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आईतबार घट्दै प्रतितोला ९७ हजार ९ सय पुगेको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले घटेको छ । गत शुक्रबार प्रतितोला…