काठमाडौं । विपद् व्यवस्थापन गर्नका लागि गैर सरकारी संस्था र निजी क्षेत्र सहकार्य गर्न उत्सुक देखिएका छन् । सरकार एक्लैले गर्न नसक्ने भन्दै प्रभावकारी प्रतिकार्यमा निजी क्षेत्र र गैससले सरकारसँग सहकार्यका लागि चासो देखाएका हुन् । मंगलबार राजधानीमा भएको अन्तर्राष्ट्रिय संगोष्ठीमा निजी क्षेत्र र गैससले विपद् व्यवस्थापनका लागि आफूहरु सरकारसँग सहकार्य गर्न तयार रहेको बताएका…