Logo

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट



काठमाडौं । साताको तेस्रो दिन नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसुचक दोहोरो अंकले ओरालो लागेको छ । पछिल्लो समय घटबढ भईरहेको सेयरबजार मंगलबार ११.८२ अंकले घट्दै १९ सय २१ को विन्दुमा पुगेको हो ।

laxmi

आज दिनभरी भएको कारोबारमा २ सय ३० कम्पनीका ३० लाख ३७ हजार ६३० कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १ अर्ब ५ करोड ८२ लाख ४६ हजार रुपैयाँमा सिमित भएको हो ।

आज जीवन बीमा समुहको परिसुचक ९६ अंकले र बैंकिङ समुहको परिसुचक झिनो अंकले वृद्धि हुँदा अन्य सबै समुहको परिसुचक ओरालो लागेका छन् ।

आज ओरालो लाग्नेमा सबैभन्दा बढी निर्जीबन बीमा समुहको परिसुचक १०९ अंकले घट्दा विकास बैंक समुहको परिसुचक ४३, जलविद्युत समुहको परिसुचक ३६ र लघुवित्त समुहको परिसुचक ३८ अंकले घटेको छ ।

बजार दोहोरो अंकले घटेपनि सीवाईसी लघुवित्त वित्तीय संस्थाको सेयरमूल्यमा भने सकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL