Logo

कृषियोग्य जमिन जोगाउन सरकारको नयाँ नीति, कृषियोग्य जमिनमा बनाइएका संरचना पनि हटाउने

काठमाडौं । सहरी तथा सहरोन्मुख क्षेत्रमा क्रमशः कृषियोग्य जमिन घट्दै गएको पाइएपछि सरकारले त्यसलाई नियन्त्रण गर्ने लक्ष्यका साथ जमिनलाई विभिन्न १० भागमा वर्गीकरण गर्ने नीति पूर्ण रुपमा कार्यान्वयन गर्ने भएको छ । ठूलो मात्रामा कृषि उपजको आयात गर्नुपर्ने अवस्थाको सिर्जना भएपछि कृषियोग्य जमिनमा सकेसम्म घर तथा आवासस्थल बनाउन नदिने गरी सरकारले त्यस्तो व्यवस्था गरेको हो…