Logo

Global_Ime

१ लाख १५ हजार म्यादी प्रहरीका लागि आवेदन माग,१८ देखि ५४ बर्षसम्मकाले आवेदन दिन पाउने

१ लाख १५ हजार म्यादी प्रहरीका लागि आवेदन माग,१८ देखि ५४ बर्षसम्मकाले आवेदन दिन पाउने



काठमाडौं। आगामी मंसिरमा हुने प्रतिनिधि सभा चुनावका लागि नेपाल प्रहरी प्रधान कार्यालयले म्यादी प्रहरी भर्ना आवेदन माग गरेको छ । प्रहरी प्रधान कार्यालयले आईतबार एक सूचना जारी गर्दै १ लाख १५ हजार म्यादी प्रहरीका लागि आवेदन खुलाएको हो ।
सूचना अनुसार १८ वर्ष पुरा भई ५४ वर्ष ननाघेका नेपाली नागरिकले म्यादी प्रहरीमा जागिरका लागि आवेदन दिन सक्नेछन् । यसअघि नै म्यादी प्रहरी भैसकेका नागरिकले प्रमुख प्राथिकता पाउने सूचनामा उल्लेख छ । यस्तै पुर्व प्रहरी, शसस्त्र र नेपाली सेनालाई समेत प्राथमिकतामा राखिएको छ। यसका लागि असोज १४ गतेसम्म आवेदन दिइसक्नु पर्नै सूचनामा उल्लेख गरिएको छ ।

Laxmi_sunrise

म्यादी प्रहरीले प्रतिदिन ८ सय ६९ रुपैंया पारिश्रमिक पाउनेछन् । यस्तै खाद्यान्नका लागि ७२ सय र पोसाकका लागि ७ हजार खर्च छुट्टै उपलब्ध हुने बताईएको छ ।

आवेदन दिएका म्यादी प्रहरीको छनोट प्रक्रिया असोज ९ गतेदेखि १६ गतेसम्म हुनेछ भने अन्तिम नतिजा भने असोज २५ गते प्रकाशित गरिने सूचनामा उल्लेख छ । छनोट भएका भ्यादी प्रहरीका लागि असोज ३० देखि कात्तिक ७ गतेसम्म प्रशिक्षण कार्यक्रम गरिने भएको छ । म्यादी प्रहरीको अवधि ४० दिनको हुने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
Sagarmatha_cement
MBL