काठमाडौं । नारायणगढ- मुग्लिन सडकखण्ड पुन: अवरोध भएको छ । आइतबार बिहान भएको अविरल वर्षापछि नारायणगढ- मुग्लिन सडकखण्डको काली खोला पुल नजिक लेदोसहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको सडक डिभिजन भरतपुरले जानकारी दिएको छ । अहिले डिभिजनको तैनाथ अवस्थामा राखिएको मेशिन उक्त स्थानमा पुगेको र पहिरो पन्छाउने कार्य जारी रहेको छ । थप पहिरो नखसेमा…