Logo

बुक विल्डिङमार्फत आईपीओ निष्काशनले पूर्णता पाउँदै, सर्वोत्तमको कटअफ प्राइस ४ सयमा झर्दा रिलायन्सको ७ सय

बुक विल्डिङमार्फत आईपीओ निष्काशनले पूर्णता पाउँदै, सर्वोत्तमको कटअफ प्राइस ४ सयमा झर्दा रिलायन्सको ७ सय



काठमाडौं । लामो समयदेखि अन्यौलमा रहेको बुक बिल्डिङमार्फत आईपीओ निष्कासन गर्ने प्रक्रियाले पूर्णता पाउने भएको छ । उक्त प्रक्रियामार्फत आईपीओ निष्कासन गर्नको लागि हाल दुई कम्पनीले धितोपत्र बोर्डमा प्रक्रिया अगाडि बढाएका छन् ।

laxmi

यसअघि बुक विल्डिङ प्रक्रियामार्फत सर्वोत्तम सिमेन्टले आईपीओ निष्काशनको प्रक्रिया अन्तिम चरणमा पुर्याएको थियो । तर तत्कालीन समयमा उक्त कम्पनीको आईपीओ निष्काशनमा घोटला भएको भन्दै रोकिएको थियो । तर, हाल सोही प्रक्रियाबाट आइपीओ निष्काशनका रिलायन्स स्पिनिङ मिल्स लिमिटेड र सर्वोत्तम सिमेन्टले आवेदन दिएको धितोपत्र बोर्डका कार्यकारी निर्देशक मुक्ति श्रेष्ठले जानकारी दिए ।

सर्वोत्तम सिमेन्ट प्रकरणका कारण लम्बिएको बुक बिल्डिङमार्फत आईपीओ निष्कासन प्रक्रिया अब भने चाँडै नै शुरु हुने श्रेष्ठ बताउँछन् । ‘बुक बिल्डिङमार्फत आईपीओ निष्कासन गर्ने प्रक्रियामा सर्वोत्तम र रिलायन्सले केहि समय अगाडी अक्सन पनि सम्पन्न गरिसकेका छन् भने अक्सनमा कम्पनीले कटअफ प्राईस (आसय मूल्य) पनि निर्धारण गरिसकेका छन्,’ उनले भने, ‘जस अनुरुप संस्थागत लगानीकर्ताको लागि सर्वोत्तम सिमेन्टले ४ सय रुपैयाँ कटअफ प्राइस राखेको छ भने रिलायन्सको प्रतिकित्ता मूल्य ७ सय रुपैयाँ रहेको छ ।’ यसैगरी विवादमा आउनुभन्दा पहिले यस कम्पनीले संस्थागत लगानीकर्तालाई ७ सय ५० रुपैयाँ कटअफ प्राइस राखेर आईपीओ बिक्री गर्ने तयारी गरेको सर्वोत्तमको हाल मूल्य घटेको हो । ्

बुक विल्डिङ प्रक्रियामार्फत आईपीओ निष्कासनका लागिा सम्बन्धित कम्पनीले ३ वर्षदेखि लगातार सञ्चालन नाफामा गएको वित्तीय विवरण धितोपत्र बोर्डमा बुझाउनुपर्ने हुन्छ । कम्पनीले यस्तो विवरणहरु पूर्णरुपमा बोर्डमा बुझाएको केहि दिनमा नै बोर्डले कम्पनीलाई अनुमति दिने श्रेष्ठ बताउँछन् ।

बुक बिल्डिङ प्रक्रियामा मूल्य निर्धारण कसरी हुन्छ ?

कम्पनीले आईपीओ निष्कासन संचालन गरेकोे पाँच दिन भित्र योग्य संस्थागत लगानीकर्ताले खरिद गर्न चाहेको न्यूनतम धितोपत्र संख्या तथा मूल्याङ्कनको आधारसहित आशय मूल्य पेश गर्न सक्ने छन् । कम्तिमा १० योग्य संस्थागत लगानीकर्ताबाट खरिद आशय मूल्य प्राप्त गर्नुपर्ने र सोको अध्ययन गरी धितोपत्रको आधार मूल्य निर्धारण गर्नुपर्ने व्यवस्था रहेको छ । हाल संस्थागत लगानी गर्न इच्छुक ६० वटा कम्पनी रहेका छन् । जसमा ४० वटा कम्पनी बुक बिल्डिङ प्रक्रियाबाट आईपीओ खरिद गर्न योग्य रहेको बोर्डले जनाएको छ ।

यस्ता संस्थागत लगानीकर्ताले कटअफ प्राइसमा २० प्रतिशत थप गर्दा र घटाउँदा कायम हुन आउने मूल्यहरुलाई माथिल्लो सीमा र तल्लो सीमा कायम गरी धितोपत्रको मूल्य सीमा निर्धारण गर्नुपर्ने हुन्छ । आशय मूल्य पेश गर्ने योग्य संस्थागत लगानीकर्ताले पेश गरेको आशय मूल्य निर्धारित मूल्य सीमाभित्र परेमा वा सोभन्दा बढी भएमा बोलकबोल प्रक्रियामा अनिवार्य रुपमा सहभागिता जनाउनुपर्ने कानूनी व्यवस्था रहेको छ ।

आईपीओमा निष्काशित सम्पूर्ण धितोपत्र बिक्री हुँदा कायम हुन आउने बोलकबोल मूल्य, कटअफ मूल्य र सोभन्दा माथिल्लो मूल्यमा कबोल गर्ने सबै आवेदनकर्तालाई माग बमोजिमको धितोपत्र कटअफ मूल्यमा धितोपत्र बाँडफाँड गर्नुपर्ने व्यवस्था रहेको छ । कटअफ मूल्यमा आवेदन गर्ने संस्थागत लगानीकर्तालाई माग बमोजिमको धितोपत्र बाँडफाँट गर्न नपुगेमा समानुपातिक रुपमा बाँडफाँट गर्नुपर्ने व्यवस्था रहेको छ । यसरी आवेदन दिदा आईपीओ नपरेका संस्थागत लगानीकर्ताले बाँडफाँड भएको ३ दिनमा आफ्नो लगानी फिर्ता पाउने व्यवस्था रहेको छ ।

यसैगरी, बुक बिल्डिङमा गएपछि कम्पनीले कटअफ मूल्यमा १० प्रतिशत छुट दिई सर्वसाधारणलाई धितोपत्र निष्काशन गर्नुपर्ने व्यवस्था रहेको छ । यो प्रक्रियाबाट आईपीओ बिक्री गर्दा सर्वसाधारणले धितोपत्र खरिदका लागि आवेदन दिने न्यूनतम संख्या ५० कित्ता हुनुपर्ने व्यवस्था छ । संगठित संस्थाले धितोपत्र बाडफाँट गर्दा प्रति आवेदक न्यूनतम ५० कित्ता पाउने गरी बाडफाँट गर्नुपर्ने कानूनी व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL